१० श्रावण २०८१, बिहीबार

बृहत प्याकेज सम्बन्धी तालिम



धनगढी । धनगढीमा स्थानीय तहमा बृहत पोषण प्याकेजसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबारदेखि शुरु भएको छ ।
परिवार कल्याण महाशाखाको आयोजनामा भएको तालिमकको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले उद्घाटन गरे ।
सो अवसरमा निर्देशक डाक्टर अवस्थीले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सबैले ईमान्दार भएर काम गर्न आग्रह गरे ।
तालिममा राष्ट्रिय पोषण नीति तथा रणनीति, पोषणको महत्व, खाद्य विविधिकरण, स्थानीय खानेकुराको महत्व, किशोरावस्थाको पोषण, पुरक वा थप खाना, स्तनपान, मातृ पोषण, बहु सुक्ष्म पोषक तत्वहरू लगायतका बारेमा प्रशिक्षण दिइने जनाइएको छ ।
तालिममा स्थानीय तहका स्वास्थ्य शाखाका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार