१० श्रावण २०८१, बिहीबार

नेविसंघ ईकाइ कमिटीको आयोजनामा सुदूरपश्चिमाञ्चल कलेजमा निःशुल्क डेण्टल क्याम्प सम्पन्न



धनगढी ।शुक्रबार सुदूरपश्चिमाञ्चल कलेजमा बृहत निःशुल्क डेण्टल क्याम्पको आयोजना गरिएको छ ।

नेविसंघ ईकाइ कमिटी एस.पि.ए को आयोजना र श्रीनगर डेण्टल क्लिनिकको सहयोगमा कलेजमा भएका विध्यार्थिहरुको स्वास्थ्यलार्इ मध्यनजर गर्दै उक्त क्याम्पको आयोजना गरिएको नेविसंघ ईकाइ कमिटीका सभापति गणेश शाहीले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि तथा सुदूरपश्चिमाञ्चल क्याम्पस प्रमुख हेमराज जोशीद्धारा क्याम्पको उद्घाटन गरिएको थियो ।क्याम्पका झण्डै ५० जना विध्यार्थिहरुको सहभागिता रहेको सभापति शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार