१० श्रावण २०८१, बिहीबार

एसोसिएसन अफ एग्रीकल्चरको ठगी प्रकरण : डडेल्धुरामा पनि किसान र कर्मचारी ठगिए



डडेल्धुरा । विभिन्न प्रलोभन दिएर किसानलाई ठग्दै आएको एसोसिएसन अफ एग्रिकल्चर नामक संस्थाले डडेल्धुरामा पनि किसान र कर्मचारी ठगेको पाइएको छ ।
सो संस्थाले डडेल्धुरामा शाखा विस्तार गरी कृषक समुहबाट रकम संकलन गरेको र संस्थामा आवद्ध कर्मचारीलाई पारिश्रमिक नदिएको संस्थाका कर्मचारी मिना मल्ल देउवाले बताईन् ।
आफुहरूलाई ठगेको भन्दै आठ जना कर्मचारीले बुधबार बैतडी जिल्लाको दोगडाकेदार वडा नम्बर ७ रिखाली घर भई हाल कञ्चनपुरमा बस्ने संस्थाको काठमाडौंको सिनामंगल शाखा प्रबन्धक गणेशदत्त भट्ट र डडेलधुरा शाखा प्रमुख कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ चम्मनचौराह कलुवापुरका जयन्द्र साकी विरुद्ध उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दाफा“टका प्रहरी नायव निरीक्षक करविर सिंह ऐरले जानकारी दिए ।
सो संस्थाले साविकको जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय डडेल्धुरा र डडेल्धुराका सबै स्थानीय तहबाट संस्था सञ्चालन अनुमति लिएको बताइन्छ ।
सो संस्थाले आठ जनालाई एक महिनाको जनही १५ हजार रुपैया छ महिनाको पारिश्रमिक तथा दुई सय किसानबाट संकलन गरेको रकम लिएर भागेको उनीहरूको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा दर्ता भएको जाहेरीमा कर्मचारीको पारिश्रमिक र कृषकलाई बिउबिजन तथा अनुदान र सस्तो ब्याजमा क्रण दिने गरि लिएको २१ लाख ७२ हजार पांच सय रुपैया लगेर एक वर्षदेखि दुवै जना सम्पर्कबिहीन भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार