१ माघ २०८१, मंगलवार

कर्मचारी समायोजनका कारण स्वास्थ्य क्षेत्र प्रभावित



डडेल्धुरा । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनका कारण स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन् ।
बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उनले कर्मचारी समायोजनका कारण अहिले विभिन्न स्वास्थ्य संस्थाहरूमा कर्मचारी अभाव भएको बताए ।
‘स्वास्थ्य निकायका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने– समायोजन प्रक्रिया चा“डै टुंगिने र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन । मन्त्री ढकालले स्वास्थ्य उपकरण कमी रहेकोले परिपूर्ति गर्न आफू अग्रसर भएको बताए ।
‘सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ । हामी जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमा पु¥याउछौं ।
मन्त्री ढकालले बैतडीको खोड्पेमा ट्रमा सेन्टर स्थापनाका लागि पहल गर्ने बताए । खोड्पे बैतडी जिल्लाका साथै दार्चुला, बझाङ र डडेल्धुरा जिल्लाको समेत पायक पर्ने उचित स्थान भएको भन्दै स्थानीय सरोकारवालाले ट्रमा सेन्टर स्थापनाका लागि माग गरेका थिए ।
कार्यक्रममा मन्त्री ढकालस“गै बैतडीका प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्ट, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार