१० श्रावण २०८१, बिहीबार

सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्दार



धनगढी/ बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी एक जना सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्दार गरिएको छ ।
बझाङको थलारा गाउँपालिका वडा नम्बर ८ की २३ वर्षीया सरीता सिंहको आईतबार दिउसो नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।
शनिबार सामान्य तरिकाले बच्चा जन्माए पनि सरीताको अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरेपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगंज रेफर गरिएको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।
पेट फुल्ने समस्या भएपछि उनको जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा सरीताको करिब एक फिट लामो आन्द्रामा गम्भिर संक्रमण भई काम नलाग्ने अवस्थामा पुगेको फेला परेपछि तत्कालै उनको रेफर गरिएको डाक्टर ओखेडाले बताए ।
सरीताको चार वर्षको एक सन्तान रहेको उनका श्रीमान योगेशले बताए ।
चालू आर्थिक वर्षमा बझाङबाट सरीता सहित चार जना सुत्केरी महिलाको नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्धार गरिएको छ । दुई जना जिल्लाकै विकट साईपाल गाउ“पालिका, एक जना छविसपाथिभेरा गाउ“पालीका र एक थलारा गाउँपालिकाका सुत्केरी महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार