१० श्रावण २०८१, बिहीबार

पर्यटकका लागि सहज वातावरण बनाउन आग्रह



धनगढी । नेपाल भ्रमण वर्ष २०२० मा सुदूरपश्चिम घुम्न आउने पर्यटकको लागि सहज वातावरण बनाउन माग गरिएको छ ।


हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम समितिले सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई सोमबार ज्ञापनपत्र बुझाउदै नेपाल घुम्न आउने पर्यटकका लागि सहज र सूचनामैत्री वातावरण बनाउन माग गरेको छ ।
ज्ञापनपत्रमा नेपाल भ्रमण वर्ष सुरु भएपछि सुदूरपश्चिम प्रदेश घुम्न आउने पर्यटकहरूको संख्यामा बृद्धि भए पनि पर्यटकीय क्षेत्रबारे स्पष्ट जानकारी अभाव रहेको उल्लेख छ ।
ज्ञापनपत्र बुझाउ“दै संस्थाका संयोजक घनश्याम भण्डारीले पर्यटन गन्तव्यबारे स्पष्ट जानकारी अभाव, खान, बस्न एवं सञ्चार सुविधाको अभाव रहेको बताए । उनले सीमानाका र राजमार्गमा जानकारीमुलक संकेत चिन्ह राख्न अनुरोध गरे ।
ज्ञापनपत्रमा भनिएको छ– पर्यटकहरूको सहजताका लागि सीमा नाकाहरूमा तत्काल पर्यटक सहायता कक्ष स्थापना, पर्यटकीय स्थलको जानकारीमुलक सूचना, तस्बिर लगायतका सामग्री तत्काल राख्न माग गर्दछौ“ ।
सो अवसरमा पर्यटन मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका सात नाकामा पर्यटकका लागि सहायता कक्ष स्थापना गरिने बताईन् ।
ज्ञापनपत्र बुझाउन संस्थाको आपतकालीन असहाय कोषकी सहसंयोजक पुजा लामा, सदस्य उज्ज्वल बुर्लाकोटी, कश्मीर साउ“द, जनकसिह बिष्ट, सुनिल सापकोटा, लक्ष्मी अवस्थी र आसिस केसी सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार