१० श्रावण २०८१, बिहीबार

माघे संक्रान्तिमा बिदा दिने प्रदेश सरकारको निर्णय



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघे संक्रान्तिमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले माघ १ गते माघीको सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै माघीमा एक दिन सार्वजनिक विदा दिने जानकारी दिएको छ ।

कैलारीले तीन दिन विदा दिने

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरिएको छ । कैलारी गाउँपालिकाले माघ १, २ र ३ गते सार्वजनिक बिदा दिएको जनाएको छ ।
कैलारी गाउँपालिकामा ९३ प्रतिशत थारु समुदायको बसोबास रहेको छ । माघी थारु समुदायको नया“ वर्ष तथा सबैभन्दा ठूलो चाड हो । सोमबार बसेको गाउँसभा बैठकले माघी पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेकोे गाउ“पालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।
त्यसैगरी, गाउँसभाको बैठकमा कैलारी खेलकुद सञ्चालन कार्यविधि, २०७६ माथि दफावार छलफल भएको छ । सोमबारको बैठकमा भागुदास चौधरी, प्रेमबहादुर चौधरी, कैलाश चौधरी, विष्णुप्रसाद चौधरी र कमलप्रसाद चौधरीले छलफलमा भाग लिएका थिए । उनीहरूले युवा तथा खेलकुद कार्यक्रमको बारेमा बोेलेका थिए ।
गाउ“पालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको बैठकमा बाँकी विधेयकलाई माघ १२ गते बस्ने गाउँसभाको बैठकमा विधेयक समितिले अगाडि बढाउने प्रस्ताव स्वीकृत भएको जनाइएको छ ।
गाउँसभा बैठकमा उपाध्यक्ष लक्ष्मी सत्गौंवा, गाउँसभा सदस्यहरू, प्रमुख प्रसाशकीय अधिकृत खगेन्द्रराज जोशी, सूचना अधिकारी यगम कलेलसहित कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार