२० बैशाख २०८१, बिहीबार

जाली गाउँ माघी महोत्सव, पेनाल्टी सुटआउट फुटवल हुने



धनगढी\ धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा जालीगाउँ माघी महोत्सव २०७६ हुने भएको छ । आगामी २९ गतेदेखि शुरु हुने महोत्सवमार्फत थारु समुदायले भलमन्सा तथा चौकीदार समेत चयन गर्ने बताइएको छ ।
न्यु उपदेश यूवा क्लवको आयोजनामा हुने महोत्सवमा भलमन्सा तथा चौकीदार चयन, पेनाल्टी सुटआउट फुटवल, थारु समुदायका कला संस्कृति प्रदर्शनी, माघी स्नान, लगायतका कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक वेदप्रशाद चौधरीले बताए ।
उपदेश क्वलका अध्यक्ष श्रवण देउवाका अनुसार पेनाल्टी सुटआउट प्रतियोगिताको विजताले ५० हजार र उपविजेताले २५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा ५० टिमकोे सहभागीता रहने उनले बताए ।
माघ १ गते माघीस्नान, पुजापाठ तथा भजनकिर्तन र रमाईलो मेला कार्यक्रम रहेका छन् । त्यस्तै, माघ ३ गते भलमन्सा चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार