१० श्रावण २०८१, बिहीबार

पाँच स्थानीय तहमा शिक्षा शाखा प्रमुख बिहीन



धनगढी । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा कैलालीका पाँच स्थानीय तहका शिक्षा शाखा अहिलेसम्म प्रमुखबिहीन छन् । शिक्षा शाखा प्रमुखबिहीन भएपछि स्रोत व्यक्तिको भरमा सञ्चालन हुदै आएका छन् । देश सघीय संरचनामा गएर स्थानीय सरकार गठन भएको साढे दुई वर्ष भन्दाबढी बितिसक्दा समेत यहाँका तीन गाउँपालिका र दुई नगरपालिका अझै स्रोत व्यक्तिको भरमा शिक्षा शाखा सञ्चालन हु“दै आएका छन् ।
कैलालीका १३ वटा स्थानीय तहमध्ये भजनी नगरपालिका र लम्कीचुहा नगरपालिका तथा मोहन्याल, जोशीपुर तथा जानकी गाउ“पालिका शिक्षा शाखा प्रमुखबिहीन छन् । शिक्षा शाखा प्रमुखबिहीन भएपछि यी स्थानीय तहले स्रोत व्यक्तिहरूलाई करारमा लिएर शिक्षा शाखा सञ्चालन गरिरहेका छन् ।
शिक्षा शाखामा कर्मचारी नहुदा शिक्षासम्बन्धी कामकाज गर्न असहज भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । नगरपालिकाका शिक्षा शाखामा एक उपसचिव, एक शाखा अधिकृत, एक प्राविधिक सहायक तथा गाउ“पालिकामा एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ ।
तर, कैलालीका पाँच स्थानीय तहमा अझै त्यो दरबन्दी पदपूर्ति हुनसकेको छैन । दरबन्दी पदपूर्ति नहुँदा शिक्षासम्बन्धी कामकाज समस्या भइरहेको भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले बताए । दरबन्दी पदपूर्तिका लागि मन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म कर्मचारी नपठाएको नगर प्रमुख चौधरीले बताए ।
उनले शिक्षा शाखा प्रमुखबिहीन हुँदा स्थानीय तहले स्रोत व्यक्तिको भरमा शिक्षा सम्बन्धी सेवा प्रवाह गरिरहेको बताए ।
संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको छ । संविधानको व्यवस्थासंगै नगरपालिकाको नगर शिक्षा शाखाको प्रमुख र गाउ“पालिकामा गाउ“ शिक्षा शाखामा शिक्षाका अधिकृत खटाइएका हुन् ।
कैलालीका अधिकांस स्थानीय तहमा विद्यालय निरीक्षकलाई शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो । शिक्षा अधिकारी नहुदा स्थानीय तहमा शिक्षा कार्यक्रम, नीति नियम निर्माण, विद्यालय व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार