२१ कार्तिक २०८२, शुक्रबार

तीन तहका सरकारबीच सहकार्य अतिआवश्यक– मन्त्री बोहरा



सुखड । सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहराले तिनै तहको सरकारमा सहकार्य हुन अति आवश्यक रहेको बताएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने टेङ्गा खोलामा बन्न लागेको पक्कि पुलको आइतबार शिलान्यास गर्दे मन्त्री बोहराले एकापसमा सहकार्य नहुदा बिकास निमार्णका कामहरूमा अवरोध भइरहेको बताए ।
मन्त्री बोहराले विकास निर्माण कार्यमा पक्षबिपक्ष गलत भएको र विकास कार्यमा दलगत राजनीतिक लडाईले बन्न लागेका योजनाहरू लथालिङ्ग हुने गरेको बताए ।
प्रदेश सरकार नौलो व्यवस्था भएकोले सुरुको चरणका काम गर्न कठिनाई भएको मन्त्री बोहराले बताए । उनले कर्मचारी अभाबले गर्दा पहिलो वर्ष कयौं योजनाहरू अगाढी बढाउन नसकिएको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य अमर साउ“दले घोडाघोडी नगरपालिका भित्र चार वटा पुल निर्माणका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयमा प्रस्ताव पेश भइसकेको बताए ।
कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारको चार करोड ९४ लाख २५ हजार रुपैया“ लगानीमा गणेशपुर र शितलपुर जोड्ने पक्कि पुल निर्माण भइरहेको छ ।
पुलको लम्बाई ३८ मिटर तथा चौडाई आठ दशमलव चार मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार