१० श्रावण २०८१, बिहीबार

सुरक्षित गर्भपतन सम्बन्धी पत्रकार संग छलफल



धनगढी । सुरक्षित गर्भपतन सम्बन्धी धनगढीमा आयोजित सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा महिला कानून विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ र आइपास नेपालका प्रोग्राम एड्भाइजर रामचन्द्र खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गर्भपतन सम्बन्धी समाचार प्रकाशित हुने गरेको भएपनि कतिपय अवस्थामा जानी नजानी भाषा र तस्बिरको दुरुपयोग भएको भन्दै उनिहरुले भाषा छनौटमा ख्याल गरिनु पर्नेमा जोड दिए । आइपास नेपाल र महिला कानून र विकास मञ्चको आयोजना तथा नेपाल पत्रकार महाँसंघ कैलाली शाखाको अयोजनामा सम्पन्न कार्यक्रम अध्यक्ष जगत साउँदको अध्यक्षतामा सम्पन्न भएको हो । अधिकक्ता जानकी तुलाधरले सञ्चालन गरेको कार्यक्रममा आइपासका कन्ट्रि डाइरेक्टर डाक्टर पपुलर जेण्टलले स्वागत तथा उद्देश्य प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार