१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमाञ्चल क्याम्पसमा अनेरास्ववियु विजयी



  

सुदूरपश्चिमाञ्चल क्याम्पसको स्ववियु काउन्सीलको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन (अनेरास्ववियु) प्यानल सहित विजय भएको छ । काउन्सीलको निर्वाचनबाट अनेरास्ववियुका छत्र कठायत सभापतिमा विजयी भएका छन् । उनले नेपाल विद्याथी संघ निकटका हितेस चन्दलाई पराजित गरेका हुन।

क्याम्पसको विद्यार्थी काउन्सील निर्वाचनमा प्रत्येक कक्षाबाट ४/४ जना गरी ९४ जनाले मतदान गरेका थिए । जसमध्ये कठायतले ५८ मत प्राप्त गरेका थिए भने चन्दले ३६ मत पाएका थिए ।

चुनावबाट उपसभापतिमा गजेन्द्र बोहरा र सचिवमा योगेन्द्र किमाडी, सह–सचिवमा निमर्ला विक र रविना स्वाँर निर्वाचित भएका छन् ।

सदस्यहरुमा पर्वत कुँवर, सन्तोष बुढाथोकी, दिपक सोडारी, पवन जोशी, खेम जोशी र विन्दु ओझा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार