१० श्रावण २०८१, बिहीबार

पारिश्रमिकबाट संस्थालाई सहयोग



टीकापुर/ सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रणबहादुर रावलले आफ्नो पारिश्रमिकबाट टीकापुर नगरपालिका वडा नम्बर ५ भर्तापुर समाजलाई सहयोग प्रदान गरेका छन् । नेता रावलले शनिबार एक कार्यक्रमबीच बाढी उत्थानशील भवनका लागि ३० थान कुर्सी हस्तान्तरण गरे ।
सो अवसरमा उनले विकासका सवालमा सबैले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा भर्तापुर समाजका तर्फबाट बलिराम चौधरीले पथरैया नदीमा पुल तथा तटबन्ध, जनज्योति आधारभूत माविको घेरापर्खाल, भर्तापुर–नारायणपुर चौराह सडक कालोपत्रे, दैलेखी टोलसम्मको बाटो ग्राभेल लगायतका माग प्रस्तुत गरे ।
कार्यक्रममा काँग्रेस कैलालीका सहसचिव चिरञ्जीवी खनाल, सल्लाहकार सदस्य राजकुमार हमाल, काँग्रेस टीकापुर नगर सभापति धनराज उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
का“ग्रेस वडा नम्बर ५ का सभापति नृप कडायतको अध्यक्षतामा भएको कार्यक्रममा देवेन्द्र जैशीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार