धनगढीमा भुवा नाच कार्यक्रम हुँदै
धनगढी/सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाममा मनाइने भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पौषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा, बझांग, अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । पहाडी जिल्लामा मात्रै मनाइने भुवा पर्व हाल पहाडबाट तराइ झरेका मानिसहरूलेपनि धुमधामका साथ मनाउने गरेका छन् ।
बाजुरेली समाजको आयोजनामा धनगढीको खुला मञ्चमा भुवा पर्व शुरु भएको छ । त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । बाजुरा, बझाङ र अछाममा धेरै गाउँपालिका र नगरपालिकाहरूमा यो पर्व निकै रमाइलो गरी मनाउने गर्दछन । रातभरी आगोको मुढा सल्काएर देउडा, भारीखेल, भोस्सो लगायत विभिन्न खेलहरू छुट्टा छुट्टै खेल्ने चलन छ । आफनै रीति संस्कृतिको जर्गेना गर्न यो पर्व ३ देखि ५ दिन सम्म मनाईन्छ । यसपर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पुरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ । छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र घरको मान्छेले सबै गाउ“ले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो । यस पर्वमा ब्रमतोलामा हरिनु खेल्ने चलन छ । स्थानीयबासीका अनुसार हरिनु भनेको मान्छेलाई मुकुट लगाई श्रृङगार गरी कसैलाई बाघ, चितल, हरिण बनाई बाजागाजाका साथ घमाउने र रमाईलो गर्ने चलन छ । पाण्डव र कौरवको लडाईंमा रातपरेपछि उज्यालोको आवश्यक भएकोले राँको सल्काई लडाईं सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँके जुलुस निकाल्ने गरेको बाजुरेली समाज धनगढीका अध्यक्ष चेत बहादूर थापाले बताए ।
पछिल्लो समय आफ्नो संस्कृती प्रती भन्दा बाह्य संकृती प्रती युवाहरूको लगाब बढेकाले यसलाई संरक्षण गर्न औपचारिक कार्यक्रमको आयोजना गरी भुवा पर्व मनाउन थालेको अग्रजहरूको भनाई छ । छुट्टै पहिचान बोकेको भुवा पर्बलाई सरकारलेपनि प्रबद्र्धन गर्नुपर्नेमा संस्कृतबिदको भनाई छ । सुर्मादेबी समाज कैलालीका अध्यक्ष दिल बहादूर खातीले संस्कृती संरक्षणमा सबैले जोड दिनुपर्ने बताए । भुवा पर्वको संरक्षण र प्रबद्र्धन गर्न सके पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने उनको भनाई छ ।
भुवा पर्बकै लागी सुदूरपश्चिम प्रदेश सरकारले १० गते १ दिनका लागी बिदा समेत दिएको छ । प्रदेशकै ठुलो पर्बका रुपमा भुवा पर्व मनाउनुपर्नेमा प्रदेश सरकारको जोड छ । यस्ता संस्कृतीको संरक्षणमा अग्रजहरूले लागे प्रदेश सरकारले प्रबद्र्धन गर्ने उधोग पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टले बताइन् । सुदूरपश्चिम प्रदेश बिभिन्न कला संस्कृतीको खानी भएको प्रदेश भएकाले सबै क्षेत्रबाट संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।




