१० श्रावण २०८१, बिहीबार

एसईई क्वीज हुँदै



धनगढी/ प्रभात शैक्षिक मञ्चको आयोजनामा वाइवाइ एसइई क्वीज (हाजिरीजवाफ प्रतियोगिता) हुने भएको छ ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मञ्चले सुदूरपश्चिम प्रदेशका विभिन्न २० स्थानमा अडिसन गरिने मञ्चका सम्पादक प्रकाश छेडालले बताए ।
प्रतियोगिताको विजेताले ३० हजार रुपैया पुरस्कारका साथै विजेता टोलीका हरेक सदस्य विद्यार्थीलाई एसइई पछिको ब्रिजकोर्षमा सतप्रतिशत छात्रवृत्ति र कक्षा ११ मा अध्ययन छात्रवृत्ति प्रदान गरिने उनले बताए ।
त्यस्तै, प्रतियोगिताको उपविजेताले १५ हजार रुपैया पुरस्कार पाउने छन् । भने टोलीका प्रत्येक सदस्य विद्यार्थीलाई एसइई पछिको ब्रिजकोर्षमा एक सय प्रतिशत छात्रवृत्ति र कक्षा ११ मा अध्ययनमा आंशिक छात्रवृत्ति प्रदान गरिनेछ । त्यस्तै, तृतीय हुने टोलीले पांच हजार रुपैया पुरस्कारका साथै प्रत्येक सदस्य विद्यार्थीलाई एसइई पछिको ब्रिजकोर्षमा ८० प्रतिशत छात्रवृत्ति र कक्षा ११ मा अध्ययन गर्न आंशिक छात्रवृत्ति प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार