१० श्रावण २०८१, बिहीबार

स्थायी बन्ध्याकरण शिविर



धनगढी/सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा ३८ जनाले स्थायी बन्ध्याकरण गरेका छन् ।

स्वास्थ्य कार्यालय डोटीको आयोजना, नेपाल परिवार नियोजन संघको सहयोगमा जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको निशुल्क परिवार योजना स्थायी बन्ध्याकरण शिविरमा ३८ जनाले सेवा लिएको जनाइएको छ ।
डोटीको लक्ष्मीनगर स्वास्थ्य चौकीमा १६ महिला र एक पुरुष, मुडेगाउँ स्वास्थ्य चौकीमा नौ जना महिला र शैलेश्वरी अस्पतालमा ११ जना महिला र एक पुरुषले स्थायी बन्ध्याकरण गरेको स्वास्थ्य कार्यालय डोटीका फोकल पर्सन सूर्य विष्टले जानकारी दिए ।
यस्तै, स्थायी बन्ध्याकरण गराएका व्यक्तिहरुलाई सम्बन्धीत स्थानिय तहले कम्बल वितरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार