१० श्रावण २०८१, बिहीबार

तुर्माखादमा बस सेवा सञ्चालन



अछाम/अछामको सबैभन्दा विकट मानिने तुर्माखाँद गाउँपालिकामा पहिलो पटक बस सेवा सञ्चालन भएको छ । तुर्माखाददेखि साताको दुई दिन सुर्खेत हुदै नेपालगन्जसम्म बस सेवा सञ्चालन हुने जनाइएको छ । आइतबार नेपालगन्जबाट सुर्खेत हुदै एक यात्रुबाहक बस तुर्माखाद पुगेको थियो ।
गाउँपालिकाको केन्द्रमा यात्रुबाहक बस पुगेपछि स्थानीयले बाजागाजासहित फूलमाला र अबिरले स्वागत गरेका थिए । गाउँपालिका केन्द्रमा पहिलो पटक बस हेर्न पुगेका स्थानीयले गाडीका ड्राइभर, बस मालिकका साथै गाउपालिका अध्यक्ष पुष्पराज शर्मा सहितका जनप्रतिनिधिलाई फूलमाला र अबिर लगाएर स्वागत गरे ।
केही समयसम्म हप्ताको आइतबार र शुक्रबार दुई दिन तुर्माखादबाट बस सञ्चालन हुने छ । नेपालगञ्जबाट सञ्चालन गरिने सो बस सेवा सुर्खेत हुदै अछामको बेलखेतबाट गाउपालिकाको केन्द्र तुर्माखाद आइपुग्ने छ । अछाम र दैलेख जिल्लाको बेलखेतस्थित कर्णाली नदी पार गरेर अछामको धमाली हुदै तुर्माखादको केन्द्रमा बस आइपुग्ने गाउपालिका अध्यक्ष शर्माले बताए । 
गाउपालिकाका अध्यक्ष शर्माले गाउका बासिन्दाले गाडी चढ्न नपाएसम्म गाउपालिकाले गाडी खरिद नगर्ने बताउदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार