२१ मंसिर २०८२, आईतवार

सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद् बैठक : दुई कार्यविधि स्वीकृत, तीन विधेयकलाई सद्धान्तिक सहमति प्रदान



धनगढी/ सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद् बैठकले दुई वटा कार्यविधि स्वीकृत गरेको छ भने तीन वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
मन्त्रीपरिषद् बैठकले प्रदेश उपभोक्ता समिति गठन, जीवनासक विषादीको नियमन, अनुदान तथा सहायता रकम निकासा लगायतका विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताए ।
त्यस्तै, मन्त्रीपरिषद् बैठकले बाल विकास र पर्यटन प्रवद्र्धनका लागि बाल उद्यान र सौर्यमण्डल नमुना निर्माणका लागि टीकापुर नगरपालिकालाई बजेट तथा योजना हस्तान्तरण गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार