१० श्रावण २०८१, बिहीबार

लिम्पियाधुरा सहितको नक्सा जारी गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालसंगको छलफलपछि समितिले नयाँ नक्सा जारी गर्न निर्देशन दिएको हो ।
यसअघि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले पनि यही निर्देशन दुबै मन्त्री उपस्थिति बैठकमा दिएको थियो । तर सरकारले नक्सा सार्वजनिक गर्ने विषयमा कुनै कदम चालेको छैन ।
भारतले कास्मिरलाई केन्द्रशासित क्षेत्र बनाउन नया“ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले जारी गरेको नक्सामा नेपाली भूभाग कालापानी समेटेको प्रति नेपालले यसअघि नै आपत्ती प्रकट गरिसकेको छ ।
‘नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नया“ अबिलम्ब जारी गर्न नेपाल सरकारलाई सुझाव र निर्देशन दिने’, समितिले गरेको निर्णयमा भनिएको छ । साथै समितिले मन्त्रालयहरूबीच समन्वय गर्न संयन्त्र निर्माण गरि एकीकृत काम गर्न समेत निर्देशन दिएको हो ।
समितिले कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूलाई सहज रुपमा आवातजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार