१० श्रावण २०८१, बिहीबार

स्वास्थ्यकर्मीहरू आन्दोलित



डोटी । डोटीमा मंगलबारदेखि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । घण्टेश्वर स्वास्थ्यचौकी इन्चार्ज हिरादत्त भट्टलाई प्रहरीले नियन्त्रण लिएपछि स्वास्थ्यकर्मी आन्दोलिन भएका हुन् ।

जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर १ मा पर्ने खार खोप केन्द्रमा गत मंगलबार ५ महिने शिशु प्रविण मल्ललाई खोप लगाइएको थियो ।
खोप लगाएको शिशुको मृत्युभएपछि स्वास्थ्यकर्मीले हेलचक्र्याइ गरिएको आरोप लगाइएको छ । शिशुका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि इन्चार्ज भट्टलाई डोटी प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्वास्थ्यकर्मीले गलत आरोप लगाइएको र खोप लगाउने क्रममा कुनै हेलचक्याइ नभएको भन्दै स्वास्थ्यचौकी इन्चार्ज भट्टको रिहाईको माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।
स्वास्थ्यकर्मीको आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार कालो पट्टी बाधेर विरोध गरेका छन् । यस्तै, आज (बुधबार) २५ गते जिल्लाभरि खोप सेवा बन्द गर्ने र पुस १ गतेदेखि जिल्ला भरी आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् ।
यस विषयमा जिल्लाका स्वास्थ्यकर्मी सोमबार डोटीका प्रमूख जिल्ला अधिकारीमार्फत गृह सचिवलाई ज्ञापन पत्र समेत पठाएका छन् ।
शिशुलाई एफआईपिभि र डिपिटी पेण्टा खोप लगाईएको र पोलियो थुपा खुवाईएको घण्टेश्वर स्वास्थ्यचौकी इञ्चार्ज भट्टले जानकारी दिएका थिए । खोपकै कारण मृत्यु भए÷नभएको विषय अनुसन्धानबाट मात्रै पत्ता लाग्ने र आफनो दोष नरहेको उनले प्रष्ट पारेका थिए ।
स्वास्थ्यचौकी इञ्चार्ज भट्टको रिहाईको माग गर्दै स्वास्थ्यकर्मीहरूले प्रविणको मृत्युको विषयमा स्वास्थ्यकर्मीहरूबाट पूर्ण रुपमा अनुसन्धानमा सहयोग तथा समन्वय गर्ने र स्वास्थ्यकर्मीमाथी मुद्धा दर्ता खोप ऐन तथा नियमावली अनुसार भई अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार