१० श्रावण २०८१, बिहीबार

उपनिर्वाचनः सुदूरपश्चिम प्रदेशमा पहिलोे नतिजा सार्वजनिक, एक वडामा नेकपा विजयी



पुनर्बास । कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् ।
शनिबार नै सकिएको मतगणना नतिजा अनुसार नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका छन् । उनले पाँच सय २८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दिपबहादुर तामाङले तीन सय १० मत प्राप्त गरे ।
त्यस्तै, संघीय समाजबादी भीमबहादुर तामाङले ७४ र राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेको जिल्ला समन्वय समिति, कञ्चनपुरका प्रमुख फैरु तामाङले अनुमोदनलाई जानकारी दिए ।
शानिबार सुदूरपश्चिम प्रदेशका पा“च जिल्लाका सात वडाका अध्यक्ष पदका लागि मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार