१० श्रावण २०८१, बिहीबार

एनसेल सुपर सेलरलाई पुरस्कार



धनगढी । एनसेलले ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत कैलाली र अछामका चार सुपर सेलरलाई पुरस्कार वितरण गरेको छ ।
शुक्रबार धनगढीमा भएको एक कार्यक्रममा खुद्रा बिक्रेताहरुलाई पुरस्कार स्वरुप सुन, आइप्याड प्रो र माउन्टेन बाइक वितरण गरियो ।
योजनाको प्लाटिनम समुह अन्तर्गत कैलालीको नेपाल डिजिटल कम्प्युटर इन्स्ट्यिूटले आइप्याड प्रो जितेको छ ।
त्यसैगरी योजनाको गोल्ड समुहअन्तर्गत कैलाली भजनी नगरपालिका वडा नम्बर ४ को डिएण्ड डि जेनरल स्टोर र कैलालीकै समिक्षा किराना पसलले २४ क्यारेटको एक/एक तोला सुन जितेका छन् ।
त्यस्तै यस योजनाको सिल्भर समुहअन्तर्गत अछामको मोनिका एण्ड जेनिका स्टोरले माउन्टेन बाइक जित्न सफल भएको छ ।
एनसेलका प्रतिनिधीहरुले धनगढीमा उनीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
एनसेलले आफनो यस योजनाअन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नेछ । पुरस्कार पाउन सफल खुद्रा बिक्रेताहरुले यस योजनाले पिओएस÷खुद्रा बिक्रेताहरुलाई प्रोत्साहन प्रदान गरेकाले आफुहरु खुसी भएकोे बताए ।
यस योजनाअन्तर्गत हाल सम्म काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, धनुषा, सर्लाही, महोत्तरी, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, गोर्खा, लमजुङ, तनहुँ, दाङ, रुकुम, प्युठान, बाँके, बर्दिया, कैलाली र अछाम गरी दुई सय ३० खुद्रा बिक्रेताहरु पुरस्कृत भईसकेका छन् ।
एनसेलको यो योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुष २०७६ सम्म संचालनमा रहनेछ ।
यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफनो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार