१० श्रावण २०८१, बिहीबार

जेष्ठ नागरिकलाई कम्बल वितरण



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ ले वडामा बसोवास गर्ने जेष्ठ नागरिकहरुलाई शुक्रबार कम्बल वितरण गरेको छ ।
शुक्रबार दुई सय ८१ जनालाई कम्बल वितरण गरिएको जनाइएको छ । धनगढी उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हिरासिंह पातली र वडा नम्बर ७ का अध्यक्ष सिताराम रानाले जेष्ठ नागरिकहरूलाई कम्बल वितरण गरेका थिए ।
सो अवसरमा कार्यबाहक नगर प्रमुख पातलीले ७० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउन राहत पुग्ने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष रानाले जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्नका लागि वडाको बजेटबाट दुई लाख रुपैया विनियोजन गरेको बताए ।
वडा नम्बर ७ का सचिव मेखराज भट्टले वडामा रहेका ७० वर्ष उमेर माथिका सबै जेष्ठ नागरिकलाई कम्वल वितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार