१० श्रावण २०८१, बिहीबार

घुससहित इन्जिनियर पक्राउ



धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले एक जना इन्जिनियरलाई अढाई लाख रुपैया घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियारबाट खटिएको टोलीले शुक्रबार धनगढीस्थित शहरी विकास तथा भवन निर्माणको संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर त्रिलोक जोशीलाई पक्राउ गरेको जनाएको छ । सेवाग्राहीबाट दुई लाख ५० हजार रुपैया लिएको रकम आफ्नो कार्यकक्षको टेबुलमुनि लुकाएको अवस्थामा सो रकम सहित जोशीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ ।
रकम सहित पक्राउ परेको जोशीलाई थप अनुसन्धानका लागि महेन्द्रनगर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार