१० श्रावण २०८१, बिहीबार

जिसस कैलालीको तेस्रो जिल्ला सभा



गर्भा । जिल्ला समन्वय समिति कैलालीको तेस्रो जिल्ला सभा बिहीबार चुरे गाउँपालिका वडा नम्बर ४ गर्भादरबारमा भएको छ ।


कैलालीका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहेको जिल्ला सभाले पाँच वटा निर्णय पारित गरेको छ ।
जिल्ला सभाले नेपाल भ्रमण वर्ष २०२० मा कैलालीमा पर्यटन प्रवद्र्धन गर्ने, भूमिको वर्गीकरण र व्यवस्थापन गर्ने, निर्माण सामग्रीको परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा ल्याउने, अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन रोक्ने र सबै स्थानीय तहको सहभाागितामा लागू पदार्थ प्रयोगको नियन्त्रण र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
जिल्ला सभाले चालू आर्थिक वर्षका लागि एक करोड २१ लाख ४२ हजार रुपैयाको अनुमानित आयव्यय अनुमोदन गरेको छ ।
यसअघि जिल्ला सभामा राष्ट्रिय सभा सदस्य कमला ओलीले नेपाल भ्रमण वर्षमा पर्यटक भित्र्याउन भारतबाट आउने पर्यटकका सवारी साधनलाई एकै स्थानबाट सेवा दिने व्यवस्था मिलाउन पर्ने बताइन् ।
२०४८ सालदेखि गर्भामा गाडी पुर्याउने चुनावी एजेण्डा बन्दै आए पनि चौमालाबाट २३ किलोमिटर उत्तरमा पर्ने गर्भामा यस वर्ष मात्रै यातायात पुगेको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीले स्थिर सरकार आएपछि जनताका आवश्यकताहरु पूरा हुदै गएकाले निराश नहुन आग्रह गरे ।

जिल्ला सभामा प्रदेश सभा सदस्यहरु नेपालु चौधरी, रतनबहादुर थापा, मालामति राना लगायतले धारणा व्यक्त गरेका थिए ।
स्थानीय सम्पदामा संरक्षण र पर्यटन प्रवद्र्धनमा टेवा पुराउन तेस्रो जिल्ला सभा गर्भामा राखिएको जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले जानकारी दिए ।
गर्भा दरवार १९८० सालतिर कैलाली डोटी र कञ्चनपुरको बडाहाकिम भएका बहादुर सम्शेरले निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार