२१ मंसिर २०८२, आईतवार

प्रेस संगठनको एकता टुंगियो



धनगढी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालले सांगठनिक एकता प्रक्रिया टुंग्याएको छ ।


तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भएर प्रेस संगठन बनेको छ ।
संगठनले आइतबार केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुंगो लगाएको छ । साविक चौतारीबाट एक सय २४ र सेन्टरबाट एक सय नौ जना केन्द्रीय कमिटी दुई सय ३५ सदस्यीय कायम गरिएको छ ।
नयां जिम्मेवारीअनुसार संगठनको सुदूरपश्चिम ईञ्चार्ज नजेन्द्र साउद बनेका छन् । भने प्रदेश अध्यक्षको जिम्मेवारी रामसिंह ठगुन्नाले पाएका छन् । सहसंयोजक नवराज भण्डारी भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, दार्चुला, कञ्चनपुर र डडेल्धुराका संयोजक चौतारी तथा कैलाली, बैतडी, डोटी तथा अछामका संयोजक सेन्टरबाट तोकिएका छन् । सुदूरपश्चिमबाट एकीन्द्र कुवर, एकीन्द्र तिमिल्सिना, हेमकर्ण विक, कृष्ण ओली, रनी विवस, राजेन्द्र धामी, रोशन खड्का, लोक्सरी कुवर, विष्णु अवस्थी, विपि अनमोल, मिलन परियार केन्द्रीय सदस्य बनाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार