१० श्रावण २०८१, बिहीबार

मन्त्री बोहराद्वारा बलात्कृत किशोरीलाई सहयोग



धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बैतडीमा एसइइ परीक्षा दिने क्रममा बलात्कृत भएकी पुजा बोहरालाई आर्थिक सहयोग प्रदान गरेका छन् । मन्त्री बोहराले पुजालाई एक कम्पनीमा जागिर समेत लगाइदिएका छन्।

२०६८ सालमा एसईई परीक्षा दिन गएकी पुजा दुई जनाबाट बलात्कृत भएकी थिइन् । सो घटनामा सर्वोच्च अदालतले दुई जनालाई जनही साढे ११ वर्ष जेल सजाय सुनाएको छ । भने १० लाख रुपैया“ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
आइतबार सजाय निर्धारणका लागि बसेको इजलासले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो । प्रतिवादीलाई बलात्कार कसूरमा साढे छ वर्ष र सामूहिक बलात्कार कसूरमा पांच वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको छ ।
सर्वोच्चले पीडक दुई जनाबाट जनही साढे दुई लाख गरी पांच लाख र सरकारका तर्फबाट पांच गरी १० लाख रुपैया क्षतिपूर्ति पीडितलाई भराउने पनि आदेश दिएको छ । जिल्ला अदालत बैतडीले यो मुद्दामा भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैया“ जरिवाना सुनाएको थियो ।
तर पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउ“दै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।
पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ पुस २ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार