परशुराममा औलोका विरामी
डडेल्धुरा । डडेल्धुराको पर्शुराम नगरपालिकामा मलेरियाका १० बिरामी फेला परेका छन् ।
जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने पर्शुराम नगरपालिका वडा नम्बर २ मा मलेरिया रोगका बिरामी भेटिएको जनाइएको छ ।
नगरपालिको वडा नम्बर ६ र ७ बाट बिरामी भएर सा“दनी स्वास्थ्य चौकीमा जचाउन आएका व्यक्तिहरूको रगत परीक्षण गर्दा मलेरियाको संक्रमण देखिएकोे स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्टोलर सुपरभाइजर हरिप्रसाद भट्टले बताए ।
दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोग बिरामीहरूले निःशुल्क औषधि सेवन गरिरहेका छन् । भने त्यसमध्ये दुई जनालाई ठिक भई सकेको भट्टले बताए । पा“च दिनदेखि स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठुलागडालगायतका क्षेत्रमा खोजी गरिरहेको बताइएको छ ।
साथै औलो प्रभावित वडाहरू पर्शुराम नगरपालिका ६ का केही बस्तीमा लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्ने काम गरिएको स्वास्थ्य कार्यालय, डडेल्धुराले जनाइएको छ । वडा नम्बर ७ मा आइतबार छर्किने बताइएको छ । प्रभावित बस्तीमा केही दिन भित्र झुल वितरणको तयारी भइरहेको बताइएको छ ।