१० श्रावण २०८१, बिहीबार

मन्त्री शाहले बेसाहरण बालबालिकालाई सहयोग प्रदान गरेर जन्मदिन मनाए



धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बेसहारा बालबालिकालाई खाद्यान्न सहयोग प्रदान गरेर आफ्नो जन्मदिन मनाएका छन् ।


मन्त्री शाहले आफ्नो ४८ औं जन्मदिनको अवसरमा बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको आमाको माया छात्रावासमा आश्रित बेसहारा बालबालिकाका लागि खाद्यान्न सहयोग प्रदान गरे ।
सो अवसरमा मन्त्री शाहले भने– आफने जन्मदिनमा अरुलाई सहयोग गर्दा आफु जन्मेको सार्थक भएको महसुस भइरहेको छ ।
उनले प्रदेश सरकारले आमाको माया छात्रावासमा भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्ने बताए ।
खाद्यान्न हस्तान्तरण कार्याक्रममा छात्रावासका उपाध्यक्ष सुनिल रावलले हालसम्म दानदातव्यबाट नै छात्रावास सञ्चालन भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार