१० श्रावण २०८१, बिहीबार

महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग



धनगढी । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसलाई खाद्यान्न, लत्ताकपडा तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।


सामाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई पालनपोषण गर्दै आइरहेको सेभ हाउसलाई खाद्यान्न, लुगाकपडा र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।
बुधबार आयोजित एक संक्षिप्त कार्यक्रमबीच सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई बालबालिकाहरुका लागि न्यानो लुगा, चामल, दाल, पिठो, तेल तथा शैक्षिक सामग्री हस्तान्तरण गरे ।
सो अवसरमा मन्त्री सुवेदीले पछिल्लो समय आमाबुवा तथा घरपरिवार नभएर बेसहारा भएका बालबालिकाका लागि अनाथ आश्रमहरु खुल्ने क्रम बढेको चर्चा गर्दै यस्ता पुनित कार्यमा प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने बताए ।
मन्त्री सुवेदीले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मन्त्रालयले कैलाली र कञ्चनपुरका विभिन्न ठाउमा सञ्चालित अनाथ आश्रमहरुमा सहयोग गर्ने निर्णय गरेको बताए ।
मन्त्री सुवेदीले मन्त्रालयले ५० प्रतिशत बजेट बालबालिकाका लागि छुट्याएको बताए । उनले
मन्त्री सुवेदीले सेभ हाउसले आफ्नो भवनका लागि जग्गाको व्यवस्था गरेमा मन्त्रालयले भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सेभ हाउसका सञ्चालिका जानकी मलासीले थुप्रै दुःखकष्ट बेहोरेर भए पनि सेभ हाउसमा रहेका महिला तथा बालबालिकाहरुको संरक्षण गरिरहेको बताइन् ।
सञ्चालिका जानकीले २०७३ सालमा दुई जना अनाथ बालबालिकालाई संरक्षण गरेको सेभ हाउसमा अहिले ३० जना बालबालिका र दुई जना महिलालाई आश्रय दिइरहेको बताइन् ।
कार्यक्रममा सेभ हाउसकी उपाध्यक्ष सकुन्तला सोवले स्वागत गरेकी थिइन भने महिला विकास अधिकृत कमला शाहीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार