१० श्रावण २०८१, बिहीबार

प्रदेश सांसदलाई सामाजिक सञ्जाल तालिम



लम्की । सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूका लागि मंगलबार कैलालीको चिसापानीमा सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम सम्वन्धी तालिम आयोजना भएको छ । तामिल आज (बुधबार) सम्म सञ्चालन हुने जनाइएको छ ।


कैलालीको चिसापानीमा मंगलबार शुरु भएको दुई दिने आवासिय तालिमको सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले उद्घाटन गरे । उनले जनप्रतिनिधि र राजनीतिककर्मीले सामाजिक सञ्जाल चलाउन जान्नु पर्ने धारणा राख्दै सञ्जाल चलाउन सिक्नका लागि लाज मान्न नहुने बताए । उनले वर्तमान समयमा सञ्चार र सामाजिक सञ्जाल बारे जान्न र बुझ्न सके जीवन सहज तरिकाले चलाउन सकिने बताए ।

कार्यक्रममा प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल, नेकपाका वीरमान चौधरी, राजपाका कृष्णबहादुर चौधरी लगायतले पनि सामाजिक सञ्जालको महत्व वारे आफ्ना धारणा व्यक्त गरेका थिए ।

इनोभेटिभ भिजनद्वारा आयोजित तालिमको रजनिश भण्डारी र लक्ष्मणदत्त पन्तले सहजीकरण गरेका छन् । संस्थाका अध्यक्ष कृष्णप्रसाद सिग्देलका अनुसार तालिममा १६ जना प्रदेश सभा सदस्यको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार