१० श्रावण २०८१, बिहीबार

तीन प्रदेशमा भूकम्पको धक्का



धनगढी । सुदूरपश्चिम प्रदेश, कर्णाली र प्रदेश नम्बर ५ मा मंगलबार साँझ ठूलो भूकम्पको धक्का महसुस भएको छ ।


साँझ ७ः१५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो । सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
नेपालगञ्ज, अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीमा साँझ ठूलो भूकम्पको धक्का महसुस भएको हो ।
ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरू घरबाट निस्किएका छन् । बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक चन्द्रा शाहका अनुसार भूकम्पको धक्का नेपालको पश्चिम क्षेत्रमा बढी महसुस भएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का जिल्लामा महसुस गरिएको छ । समान समयमा भारतका विभिन्न क्षेत्रमासमेत भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भूकम्पका कारण अछाम सदरमुकाम सा“फेबगरमा एक घर भत्केको जनाइएको छ । अन्य क्षतिबारे खासै जानकारी आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार