१० श्रावण २०८१, बिहीबार

आठौं कर सप्ताह शुरु



धनगढी । कैलालीसहित देशभरी आईतबारदेखि आठौं कर सप्ताह शुरु भएको छ । सप्ताहको एक संक्षिप्त कार्यक्रमबीच कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उद्घाटन गरे ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी बोहराले देश विकास, राज्य सञ्चालन, सुरक्षा तथा, सुुशासन कायम गर्न कर आवश्यक भएको चर्चा गरे ।
उनले कर संकलन गर्ने दायित्व भएका कर्मचारी, कर प्रशासन तथा नीति निर्माण गर्ने निकाय, सेवाप्रदायक निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । उनले करदाताहरुले राज्यले निर्धारण गरेको कर मुलुकको समृद्धि, सुुरक्षा, स्वाभिमान तथा आत्मसम्मानका लागि हो भन्ने बोध गरेर इमानदारीका साथ कर बुुझाउनुुपर्ने बताए ।
कार्यक्रम आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख गोविन्द अधिकारीको अध्यक्षतामा भएको थियो ।
प्रमुख कर अधिकृत अधिकारीले करदातामा कर सम्बन्धि जानकारी नह“ुदा समस्या भएको चर्चा गरे । उनले करदाता शिक्षालाइ्र्र प्रधाबकारी बनाइने बताए । भने– कर कार्यालयमा हुने सेवाग्राहीको अत्याधिक भिड र कार्यालयमा जनशक्ति कमीका कारण ब्यवस्थापनमा समस्या रहेकोले सेवाग्राहीले सहज रुपमा सेवा पाउन कठिनाई भइरहेको छ ।
कर सप्ताहको पहिलो दिन कर कार्यालयदेखि रातोपुुल हुदै पुनः कार्यालयसम्म प्रभातफेरी निकालिएको थियो । त्यस्तै, अत्तरियामा उद्योग ब्यवसायीहरुसंग अन्तरक्रिया गरिएको छ ।
आज (सोमबार) हार्डवेयर व्यवसायीहरुसंग अन्तरक्रिया, भोली –मंगलबार) कर सचेतना सम्बन्धि छलफल, ४ र ५ गते बिभिन्न बस्तुुगत संघहरुसंग अन्तरक्रिया, ६ गते निर्माण ब्यवसायी संघसंग अन्तरक्रिया र ७ गते प्रत्येक जिल्लाबाट एकजना उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार