१० श्रावण २०८१, बिहीबार

विधेयकमाथि दफावार छलफल सीपबारे अन्तक्र्रिया



धनगढी । प्रदेशसभामा विधेयकमाथि दफावार छलफल र सीप सम्वन्धि अन्तक्र्रिया तथा मेन्टोरिङ कार्यक्रम आईतवार धनगढीमा भएको छ ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख न्यायधिवक्ता कुलानन्द उपाध्यायले प्रदेशसभावाट ३२ वटा कानुन निर्माण गरिएको र १६ वटा कानुन कार्यान्वयनमा आइसकेको बताए ।
कार्यक्रममा सुदूपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले प्रदेश सभाले बनाएका नीति, काुनन तथा कार्यक्रम प्रदेश सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
नेपाली का“ग्रेस संसदीय दलका सचेतक टेकबहादुर रैकाले प्रदेशसभाले बनाएका नीति तथा कानुन कार्यान्वयनको अवस्थाका वारेमा सांसद र जनतालाई जानकारी गराउनु आवश्यक रहेको बताए ।
प्रदेश सभा सदस्य दुर्गा विकले विधेयकहरुको दफावार छलफल गर्ने क्रममा विभिन्न समितीहरुमा अन्यौलता रहेको बताइन् ।
प्रदेश सभा सदस्य मालामति रानाले प्रदेशसभाले पारित गरेको सुशासन विधेयक कता हरायो ? भनेर प्रश्न गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरू बलबहादुर सोडारी, दिव्यश्वरी शाह, श्यामलाल राना, महेशदत्त जोशी, माया तामाङ, शुशिला बुढाथोकी, शान्ति नेपाली लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम राष्ट्रिय दलित नेटवर्कको आयोजनामा भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका टिमलिडर हुकम सार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार