१० श्रावण २०८१, बिहीबार

महिलाको पाठेघर सम्बन्धि शिविर



फूलबारी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९, फूलवारीमा आइबातर महिलाको पाठेघर उपचार सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । उपमहानरपालिकाको सहयोगमा सुरक्षित मातृत्व सञ्जाल कैलालीको आयोजनामा शिविर सञ्चालन भएको थियो ।


शिविरको नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले उद्घाटन गरेकी थिइन् ।
शिविरमा महिलाको पाठेघरको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, पाठेघर खस्ने, पाठेघरको क्यान्सर, यौन रोग, एचआइभी परिक्षण सेवा प्रदान गरिएको थियो ।
स्त्री तथा प्रसुती रोग विशेष डाक्टर अन्जना अर्याल सहित छ जना डाक्टरको टोलीले सेवा प्रदान गरेका थिए । शिविरमा तीन सय ५० जनाले सेवा लिएको डाक्टर अर्यालले जानकारी दिइन् ।
स्वास्थ्य शिविर उद्घाटनका अवसरमा नगर प्रमुख नृपबहादुर वडले उपनगरपालिकाले आ“खा शिविर, सिकलसेल एनिमियाका शिविर, हाइड्रोशिल रोगको शिविर लगायतका स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार