१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकार सामुदायिक शिक्षा सुधारमा कटिवद्ध– मुख्यमन्त्री



धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक शिक्षामा सुधारका लागि कटिवद्ध रहेको बताएका छन् । मुख्यमन्त्रीले प्रदेश सरकारले प्रदेशको शिक्षा नीति तर्जुमा भईरहेको बताए ।


मुख्यमन्त्रीले सामुदायिक विद्यालयको शिक्षामा सुधारका लागि जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने दोहोर्‍याए । “जबसम्म सबैले सामुदायिक विद्यालयप्रति अपनत्व ग्रहण गर्दैनन्, तबसम्म सामुदायिक शिक्षामा आशातित सुधार आउदैन’ शुक्रबार धनगढीमा आयोजित स्टिम उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने– यसका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, राजनीतिकर्मी सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु आवश्यक छ ।
उनले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारका लागि शिक्षक तथा अभिभावकको समान जिम्मेवारी रहेको बताए । “राज्यले सामुदायिक विद्यालयमा निकै ठूलो लगानी गरेको छ” मुख्यमन्त्री भट्टले भने– तर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षा गरेअनुरुप सुधार हुनसकेको छैन ।
उनले स्टिम परियोजना प्रदेशका अन्य जिल्लामा पनि लागु गर्न आग्रह गरे । उनले भने– स्टिम परियोजनाले विद्यार्थीको सिकाई उपलब्धी संगै जीवनोपयोगी सीप आर्जनमा पनि भूमिका निर्वाह गरेको पाइएको छ । त्यसैले यो परियोजना अन्यत्र पनि विस्तार हुनु आवश्यक छ ।
कार्यक्रममा, सुदूरपश्चिम प्रदेशका प्रमुख न्यायधिवक्ता कुलानन्द उपाध्याय र टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल पनि मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका निर्देशक चुर्णबहादुर चौधरीले सिमान्तकृत बालबालिकाहरूलाई शिक्षाको पहुचँमा ल्याउन परियोजनाले कैलाली लगायत देशका विभिन्न जिल्लामा काम गरीरहेको बताए ।
उनले स्टिम परियोजनाले कैलाली जिल्लाका विभिन्न विद्यालयमा छ हजार बढी बालिकाहरूलाई शिक्षामा सहयोग गर्दै आएको बताए ।
स्टेम उत्सवमा विभिन्न विद्यालयका बालबालिकाहरूले आफुले तयार गरेका नमुना कला सामग्रीहरू प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार