१० श्रावण २०८१, बिहीबार

सेतीमा सुसार कार्यक्रम लागु



धनगढी  । सेती प्रादेशिक अस्पतालमा नवजात शिशु मृत्युदर घटाउन सुसार कार्यक्रम लागू भएको छ ।


सेती प्रादेशिक अस्पतालले छ महिना ढिलो कार्यक्रम लागू गरेको हो । सो कार्यक्रम गत बैशाख मै सञ्चालन हुनुपर्ने योजना रहे पनि ढिलोगरी लागू भएको छ ।
अस्पतालले बुधबार आयोजना गरेको पत्रकार अभिमुखीकरण कार्यक्रममा सुसार कार्यक्रबारे जानकारी दियो ।
सुसार कार्यक्रमले प्रसुति सेवा तथा नवजात शिशुको स्याहारमा खटिने स्वास्थ्यकर्मीहरूलाई तालीम दिनुका साथै अस्पताललाई अत्याधुनिक उपकरणहरू उपलब्ध गराउने गोल्डेन कम्युनिटीकी सञ्चारविज्ञ शर्मिला शर्माले बताइन् । उनले भ्रुणको मुटुको धड्कन जा“चका लागि मियो, शिशुको मुटुको धड्कन जा“चका लागि नियोविट र जन्मिएको शिशुले तुरुन्त सास फेर्ने नसकेपछि कृत्रिम स्वास दिन प्रयोग हुने अपराइड व्याग मास्क उपलब्ध गराइने बताइन् ।
सुदूरपश्चिम प्रदेशमा अझै पनि प्रति एक हजार जीवित शिशु जन्ममा ४१ जना नवजात शिशुको मृत्यु हुने गरेको छ ।
कार्यक्रममा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद जोशीले अस्पतालमा हस्पिटालिटी आवश्यक रहेको बताए । उनले अस्पतालमा सेवा दिने स्वास्थ्यकर्मीहरूको व्यबहार महत्वपूर्ण रहेको बताउदै त्यसका लागि समेत समितिले पहल गरिरहेको बताए ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले गोल्डेन कम्युनिटीले उपलब्ध गराउने उपकरणले शिशु स्याहारमा सहयोगी भूमिका निर्वाह गर्ने बताए । उनले जनशक्ति कम रहेको र भौतिक संरचना समेत कम रहेकोले प्रभावकारी तरिकाले अस्पतालको सेवा सुधार गर्न नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार