४ जेष्ठ २०८१, शुक्रबार

स्टेम उत्सव हुँदै



धनगढी । धनगढीमा बालबालिकाहरूको सिकाई र सीपको प्रदर्शनीका लागि स्टेम उत्सव आयोजना हुने भएको छ ।


सीमान्तकृत बालिकाहरूको शिक्षामा सहयोग (स्टेम) परियोजनाको “छोरी पढाऊ, गरीवि हटाऊ’ अभियान अन्तरगत लक्षित वर्ग र सरोकारवालाहरूको सिकाई स्थानान्तरण र जीविकोपार्जन गतिविधि प्रदर्शनीसहित उत्सव आयोजना गर्न लागेको जनाइएको छ ।
बेस कैलाली र मर्सिकोरले बुधबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी भोलि (शुक्रबार) धनगढीमा उत्सब आयोजना गर्ने बताए ।
बेसका कार्यक्रम संयोजक लक्ष्मण चौधरीले धनगढी, गौरीगंगा, घोडाघोडी, टीकापुर, बर्दगोरिया र कैलारीका ३० वटा विद्यायलका छात्र, छात्रा, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा अन्य सरोकारवाला गरी सात सय जनाको सहभागिता रहने बताए । उनले उत्सबमा सिकाई उपलब्धी, सीप विकास तालीमबाट उत्पादित सामग्री, नाटक, खेलकुद, कला प्रदर्शनी तथा अन्तरक्रिया हुने बताए ।
शिक्षण सिकाई क्रियाकलाप, खानाका परिकार, हाते हडाई समेत प्रदर्शनीमा राखिने उनले बताए । कार्यक्रममा रोल मोडकको रुपमा एनपिस अवार्ड र मदन पुरस्कार विजेता राधा पौडेललाई सहभागी गराएर उनको अनुभव र जीवनको प्रेरणाहरू बाँड्न लगाइने कार्यक्रम संयोजक लक्ष्मण चौधरीले बताए ।
मर्सिकोरका कार्यक्रम व्यवस्थापक नविन लामिछानेले स्टेम परियोजना लागु भएका विद्यालयको सिकाई उपलब्धी पनि अन्य विद्यालयको तुलनामा बढि रहेको बताए । उनले उत्सबमा सहभागी हुनेले सिकाई उपलब्धी र विधि समेत आदान प्रदान गर्न सक्ने बताए । सिकाई र प्रयोगलाई समेत प्रदर्शनीमा राखिने बताए । शिक्षण सिकाईका प्रगति र वैकल्पिक शिक्षण विधि समेत उत्सवको सिकाई हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार