१० श्रावण २०८१, बिहीबार

सीमा विवाद : चाँडै सुल्झाउन महेन्द्रनगरका पत्रकारहरुको सन्देश



महेन्द्रनगर । कालापानीलगायत सीमा विवादको टुंगो प्रधानमन्त्रीको तहबाट कुटनीतिक तवरले चांडै सुल्झाउनुपर्ने सुझाव बरिष्ठ सञ्चारकर्मीहरुले दिएका छन् ।

महेन्द्रनगरमा बुधवार आयोजित ‘सीमा विवाद र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रियामा उनीहरुले सरकारले पर्याप्त सुरक्षा संवेदनशीलता देखाउनुपर्ने धारणा राखे ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा महेन्द्रनगरको पत्रकारहरुले यो क्षेत्रमा भारतीय पक्ष्ँबाट भएको आक्रमणले नेपालीलाई पीडा भएको उल्लेख गर्दै आफूहरुले निरन्तर खबरदारी गर्ने सुनाए ।
‘यो प्रधानमन्त्री तहबाटै कुटनीतिक पहल गरी टुंगो लगाउनुपर्ने विषय हो । तर यसतर्फ किन ढिला भइरहेको छ । मलाई आश्चर्य लागेको छ’, महेन्द्रनगरका बरिष्ठ पत्रकार चित्राङ्ग थापाले भने । उनले २ तिहाइको सरकार भएको बेला सीमा विवाद टुंग्याउन प्रधानमन्त्री केपी ओलीलाई ऐतिहासिक अवसर भएको बताए । यो मुद्दालाई सचिवस्तरीय नभै माथिल्लो तहबाटै समाधान खोजिनुपर्ने थापाले सुनाए ।
प्रेस काउन्सिलका पूर्व सदस्य एवं बरिष्ठ पत्रकार कर्णदेव भट्टले केन्द्रमा संसद बोलाई यो विषयमा सांसदहरुले छलफल चलाउनुपर्ने र प्रधानमन्त्री ओलीले भारत पक्ष्ँसित आवश्यक निर्णय गर्नुपर्ने सुझाव दिए ।


दार्चुलाको कालापानी क्ष्ँेत्रको नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखी नक्सा सार्वजनिक भएपछि सीमा विवाद पुन चर्किएको हो । यो विषयमा सम्बन्धित सुदुरपश्चिम प्रदेशमा पहिलोपटक सञ्चारकर्मी र नागरिक समाज उभिई कार्यक्रम आयोजना भएको हो ।
बरिष्ठ पत्रकार एवं मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले सीमा विवाद र राष्ट्रवादको मुद्धालाई राजनीतिक दलहरुले सत्तामा पुग्ने भ¥याङ्ग मात्र बनाएको दावी गरे । कालापानी र सुस्ता क्ष्ँेत्रमा दुई देशबीचको सीमा लाइन नै नकोरिएको भन्दै भण्डारीले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए । उनले नेपाली सेनालाई विवादित क्ष्ँेत्रमा खटाउनुपर्ने, सीमा क्ष्ँेत्रको वासिन्दालाई राज्य भएको अनुभूति दिलाउनृुपर्ने धारणा राखे । भण्डारीले मिचेको क्ष्ँेत्र सट्टापट्टाबाट सोधभर्ना समेत गर्न नहुने सुझाव दिए ।
अर्का बरिष्ठ पत्रकार एवं सार्थक साप्ताहिकका सम्पादक हरि जोशीले मिचिएको भूभाग नेपालकै भएको यथेष्ट प्रमाण भएकोले खोजी गरी सरकारले सीमा समस्या समाधान गर्नुपर्ने सुझाव दिए । ‘अब निर्णायक मोडमा जान ढिलो गर्नहुदैन’, जोशीले भने ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं सञ्चार केन्द्रका सल्लाहकार गोविन्दप्रसाद चौंलागाईले सरकारले नागरिक स्तरबाट उठेको सुझाव ग्रहण गरेर समस्या समाधान गर्नुपर्ने धारणा राखे ।
महासंघका पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत, महासंघकै सुदुरपश्चिम प्रदेश कमिटी अन्तर्गत आचारसंहिता विभाग सदस्य एवं अभियान दैनिकका सम्पादक लक्ष्मण तिवारी, महासंघ जिल्ला अध्यक्ष विष्णु अवस्थीसहितले सीमामा नेपालीले भोग्नुपरेको पीडा र समस्याबारे बोलेका थिए । अवस्थीले कालापानीमा सरकारको उपस्थिति नहुदा पनि समस्या चर्किएको बताए ।
कार्यक्रम सञ्चालक एवं पश्चिम नेपाल दैनिकका सम्पादक लक्ष्मणदत्त पन्तले सीमा क्ष्ँेत्रको समस्यालाई गहन अध्ययन गरी सुल्झाउन सरकारको ध्यान पुग्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार