२३ बैशाख २०८१, आईतवार

डान्स च्याम्पियनसीप हुदै



धनगढी  । धनगढीमा डान्स च्याम्पियनसीपको दोस्रो संस्करण हुने भएको छ । सुदूरपश्चिम कला प्रतिष्ठानको सहकार्य र द ट्वीन्स इन्स्टिच्युटको आयोजनामा सो कार्यक्रम हुने जनाइएको छ ।
प्रतियोगिता संयोजक गुणाकर पनेरुले मंसिर ५ गते लम्की, ६ गते धनगढी र ७ गते अत्तरियामा अडिसन हुने मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
संयोजक पनेरुका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितियलाई ५० हजार र तृतीयलाई २० हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, टप १० भित्रका प्रतिस्पर्धीलाई विभिन्न विद्यालय र कलेजमा अध्ययन छात्रवृत्ति, म्यूजिक भिडियो र विभिन्न कार्यक्रमको अफर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार