३ जेष्ठ २०८१, बिहीबार

लिपुलेकको विषयलाई समर्थन गर्दै डा केसीले तोडे अनसन



ललित बोहरा/डडेल्धरा । डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन तोडेका छन्।

लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा केसीले ९ दिनदेखि जारी राखेको अनसन तोडेका हुन्। डा केसीले लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको विषयले स्तब्ध भएको उल्लेख गर्दै तत्काललाई अनसन स्थगित गरेका हुन्।

भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु,’ उनले भने, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।’

अमरगढी ४ का ४ बर्षीय श्रिआस जैरुको हातबाट डडेल्धुराको सुन्तला पिएर अनसन तोडेका हुन्। डा केसीलाई सोमबार शिक्षा मन्त्री गिरिरराजमणि पोखरेलले लिपुलेकको विषय उठिरहेका कारण तत्काल अनसन स्थगित गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार