१० श्रावण २०८१, बिहीबार

कालापानी नेपालकै हो– परराष्ट्रमन्त्री ज्ञवाली



बैतडी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी नेपालकै भूमि भएको स्पष्ट पारेका छन् । मन्त्री ज्ञवालीले नेपालको कालापानीबारे छिमेकी भारतलाई सानो चित्त नबनाउन आग्रह गरे ।


बैतडीको पञ्चेश्वर गाउँपालिकाले बिहीबार वडा नम्बर ३, कुलाउमा आयोजना गरेको वृहत राष्ट्र निर्माण महामहोत्सव, २०७६ को उद्घाटन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नक्साप्रति लक्षित गर्दै भने– कालापानी नेपाली भूमि नै हो भन्नेमा सबै स्पष्ट हुनुपर्दछ ।
मन्त्री ज्ञवालीले भारतीय नाकाबन्दीपछि चिसिएको नेपाल–भारत सम्बन्ध वर्तमान सरकारको प्रयासबाट सुुधार भएको चर्चा गरे । उनले भने– दुई देशबीच केही समस्या भए कुटनीतिक छलफलबाट समाधान गरौं ।
उनले नेपाल विकसित राष्ट्र बन्दा भारतलाई समेत फाईदा हुने बताए । भने– जहिले पनि सिमा विवादमा अल्झिरहन्ु भनेको विकासलाई अवरुद्ध पार्नु मात्रै हो ।
मन्त्री ज्ञवालीले बिहीबार नै पञ्चेश्वर परियोजनाको स्थलगत निरीक्षण समेत गरेका थिए । सो अवसरमा उनले नेपाल र भारतबीच भएको महाकाली सन्धी अनुसार महाकाली नदीको पानीमा दुबै देशको आधा÷आधा अधिकार रहेको दोहो¥याए ।
मन्त्री ज्ञवालीले महाकाली करिडोर निर्माणपछि बैतडीको तल्लोस्वराड क्षेत्र चीन र भारतसम्मको सडक यातायातबाट जोडिने बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेश सभा सदस्य लीलाधर भट्ट, नेकपाका केन्द्रीय सदस्य रेणु चन्द, गोविन्द गिरी लगायतको उपस्थिति रहेको थियो ।
महोत्सव मंसिर २ गतेसम्म सञ्चालन हुने पञ्चेश्वर गाउ“पालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार