५ जेष्ठ २०८१, शनिबार

डाक्टर केसीको अनसनको चौथो दिन समर्थनमा र्‍याली निस्कियो



ललित बोहरा/डडेल्धुरा । चिकित्सा क्षेत्रको सुधारको मागसहित प्राध्यापक डाक्टर गोविन्द केसीले डडेल्धुरामा थालेको अनसनको समर्थनमा बिहीबार शान्तिपुर्ण दवाव ¥याली निकालिएको छ ।


बिहिबार नागरिक समाजको अगुवाईमा डडेल्धुराको बसपार्कबाट निकालिएको ¥याली डाक्टर केसी अनशनरत स्थलमा गएर टुगिएको थियो ।
‘डाक्टर गोविन्द केसीले राखेका सम्पुर्ण मागहरू पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजको निर्णय गर, डाक्टर केसीको जिवनको रक्षा गर’ लगायतका नारा सहित हजारौं स्थानीय सडकमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार