३ जेष्ठ २०८१, बिहीबार

महिनाबारी सरसफाई तथा व्यवस्थापन तालीम



धनगढी । धनगढी उपमहानगरपालिका विभिन्न विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूका लागि बुधबारदेखि महिनाबारी सरसफाई तथा व्यवस्थापन तालिम शुरु भएको छ ।


जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उपमहानगरपालिकाको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी सरसफाई ब्यबस्थापन कार्यक्रम अन्तरगत दुई दिने तालिम आयोजना भएको जनाइएको छ ।
तालिममा उपमहानगरपालिका क्षेत्रका ४५ वटा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
कार्यक्रम अन्तरगत कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरुलाई सेनिटरी प्याड निर्माण तथा प्रयोग गर्ने सीप प्रदान गरिने छ ।
कार्यक्रम उद्घाटनका क्रममा नगर प्रमुख नृपबहादुर वडले अझैं पनि समाजमा महिनावारीलाई गलत ढंगले लिने गरेको चर्चा गरे ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार