४ जेष्ठ २०८१, शुक्रबार

अनसनरत डाक्टर केसीको स्वास्थ्य बिग्रिँदै



ललित बोहरा/डडेल्धुरा।  चिकित्सा शिक्षा सुधारको माग सहित १७ औं पटक आमरण अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ ।


सोमबारदेखि १७ औं चरणको अनसन सुरु गरेका डाक्टर केसीको तेस्रो दिनमा आइपुग्दा स्वास्थ्यमा समस्या देखिँदै गएको चिकित्सकहरूले बताएका छन् ।
बुधबार बिहान दुई पटक उनको स्वास्थ्य जाँच गरिएको छ । उनको रक्तचाप तलमाथि भइरहेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले बताए ।
डाक्टर कँडेलका अनुसार डाक्टर केसीको ब्लड प्रेसरमा समस्या बढ्दै गएको छ । उनको ब्लड प्रेसर तलमाथि भइरहेको छ । बुधबार बिहान जाँच गर्दा ९०/६० पुगेको थियो । डाक्टर कँडेलले भने– उहाँको ब्लड प्रेसर तलमाथि भइरहेको छ । बुधबार दिउँसोतिर उहा“ले कमजोरी महसुस गर्नुभएको छ ।

डाक्टर केसीको स्वास्थ्यमा समस्या बढ्ने लक्षण देखिएपछि उनलाई निजी घरबाट डडेल्धुरा अस्पताल सार्ने तयारी गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर क“डेलले भने– जनशक्ति अभावले निजीघरमा स्वास्थ्यकर्मी खटाउन सकि“दैन । ल्यावको पारामिटरमा सरको अवस्था कमजोर नै देखियो भने अस्पतालमै ल्याउँछौं ।
सात बुँदे माग राखेर कार्तिक १८ बाट अनसन बसेका केसीले कोहीसँग बोल्न मानिरहेका छैनन् ।
चिसो कोठा र चिसो मौसमका कारण डाक्टर केसीको स्वास्थ्यमा बढी असर परिरहेको चिकित्सकहरुको भनाइ छ । डडेल्धुरा अस्पतालबाट एक सय मिटरको दुरीमा रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा डाक्टर केसी अनसनरत छन् ।

डाक्टर केसीको अनसनमा समर्थन तथा एक्यवद्धता जनाउन दिनहुँ बाक्लो भीड लाग्ने गरेको छ । विभिन्न संघसंस्थाबाट समर्थनमा बृद्धि हुदै गएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लले कार्यकर्तासहित अनसनरत डाक्टर केसीलाई भेटेर उनको अनसनमा ऐक्यवद्धता जनाएका थिए ।
सभापति मल्ले गरिब वर्गको स्वास्थ्यको लागि थालिएको डाक्टर केसीको अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।
१७ औं पटक अनसन सुरु गरेका डाक्टर केसीले राखेका मागमा डोटीका विभिन्न पाँच वटा संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् । डोटी उद्योग बाणिज्य संघको नेतृत्वमा डडेल्धुरा पुगेको टोलीले डाक्टर केसीका मागमा ऐक्यवद्धता जनाएको हो ।
उद्योग वाणिज्य संघसँगै गैरसरकारी संस्था महासंघ डोटी, शैलेश्वरी यातायात व्यवसायी संघ डोटी, होटल व्यवसायी संघ डोटी र त्रिवि प्राध्यापक संघ डोटीले डाक्टर केसीका माग पूरा गर्न सरकारलाई अनुरोध गरेका छन् । ती संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै डाक्टर केसीले उठाएका माग जनताको पक्षमा रहेको उल्लेख गरेका छन् ।

डाक्टर केसीले स्वास्थ्य तथा चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक सरकारले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनसन सुरु गरेका थिए । केसीले अनसन सुरु गरेको तेस्रो दिनमै उनको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।
रक्तचाप निकै कम हुँदा केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ । डडेल्धुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले पहिलो र दोस्रो दिनको तुलनामा केसीको स्वास्थ्य अवस्था कमजोर बनेको बताए ।
चिसो भएकाले डाक्टर केसीको स्वास्थ्यमा झन् प्रतिकूल असर पर्नसक्ने पनि क“डेलले बताए । गत भदौमा डडेल्धुरा आउँदा उनले आफनो अर्को अनसन डडेल्धुराबाट सुरु हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार