१० श्रावण २०८१, बिहीबार

दुई स्थानीय तहबीच सिमा विवाद कायमै



सुखड । कैलालीका दुई स्थानीय तहबीच सीमा विवाद कायमै रहेको छ । घोडाघोडी र गौरीगंगा नगरपालिकाले एक अर्कोको सीमा मिचेर बोर्ड लगाउने काम गरिरहेका छन् ।


मंगलबार गौरीगंगा नगरपालिका भित्र पर्ने क्षेत्रमा घोडाघोडी नगरपालिकाले सिमाना मिचेर बोर्ड राखेको भन्दै गौरीगंगाका जनप्रतिनिधि सहित स्थानीयले बोर्ड हटाएका छन् ।
सिमाना छुट्याउने बोर्ड गौरीगंगा नगरपालिकाको वडा नम्बर ९ मा पर्ने शिवशंकर सामुदायिक वन क्षेत्रमा घोडाघोडी नगरपालिकाको लगाए पछि स्थानीय स्तरमा व्यापक विरोध भएको थियो ।
वडाध्यक्ष सहित स्थानीयले घोडाघोडी नगरपालिकाको बोर्ड हटाएर गौरीगंगा नगरपालिकाको बोर्ड लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार