३ जेष्ठ २०८१, बिहीबार

दिमाग र स्वास्थ्यवारे मोटिभेशन कक्षा



धनगढी । धनगढीमा मंगलबार सबकन्सियस माइन्ड र मानिसको आहारविहारबारे मोटिभेसन कक्षा सञ्चालन भएको छ ।


नेपाल बाहिर अमेरिका, क्यानडा र भारतमा समेत “सबकन्सियस माइन्ड” बारे मोटिभेसन कक्षा सञ्चालन गरिरहेका इन्जिनियर कपिल पौडेलले मानिसले इच्छाशक्ति राखे हरेक लक्ष्य प्राप्ती गर्न सकिने बताए ।
उनले नेपालमा भएका स्रोत साधनको प्रयोग नहुदा वेरोजगारी वढेको चर्चा गर्दै स्रोत साधनको सही सदूपयोग गर्न सके हरेक नेपालीले राम्रो आम्दानी गर्न सक्ने बताए ।


सो अवसरमा पाथीभरा आर्युवेद अस्पताल काठमाडौका अध्यक्ष विपी तिमिल्सेनाले भान्छा नै सबैभन्दा ठूलो अस्पताल भएकोले भान्छा ठिक बनाउन सके रोगव्याधी कम हुने वताए । उनले पूर्विय दर्शन शास्त्र संसारको सबैभन्दा समृद्ध भएकोले सो शास्त्रअनुसार खानपानमा ध्यान दिन सके क्यान्सर, सुगर तथा प्रेसरका विमारी स्वतः कम हुने चर्चा गरे ।


उनले भने– हाम्रो खानपान नै उल्टो छ त्यसैले विज्ञानमै आधारित आर्युवेद पद्धतिमा जानु आवश्यक छ । उनले दुईदशक लामो अध्ययनबाट आफूले आर्युवेद पद्धतीको उपचारमा सफलता पाउन थालेको बताए ।
धनगढीको नास्ट कलेजको अग्रसरतामा सो कार्यक्रममा भएको थियो । सो अवसरमा कलेजका प्राचार्य शिवहरी मुडभरीले ज्ञानको खानी भएका विज्ञहरुलाई हामीले सुनेर, वुझेर आफ्नो जीवनमा लागू गर्नुपर्ने वताए ।


कार्यक्रममा पत्रकार, नागरिक समाज, शिक्षक र विद्यार्थी समेृत एक सय ३८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको संयोजन गरेका पत्रकार प्रकाशविक्रम शाहका अनुसार “सबकन्सियस माइन्ड”र “मानिसको आहारविहार” मोटिभेसन कक्षा धनगढीमा फेरि पनि सञ्चालन गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार