१ जेष्ठ २०८१, मंगलवार

एम्बुलेन्स वितरण गरिदै



धनगढी । सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य संस्थाहरूका लागि खरिद गरेको एम्बुलेन्स भाली बुधबार वितरण गर्ने भएको छ ।


मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार प्रदेशका १६ वटा स्वास्थ्य संस्थाहरूलाई एउटा÷एउटा एम्बुलेन्स बुधबार वितरण गरिने छ । मन्त्रालयले गत असारमा प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पर्ने गरी एम्बुलेन्स वितरण गर्ने लक्ष्य सहित १६ वटा एम्बुलेन्स खरिद गरेको थियो ।
मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कैलाली कञ्चनपुरमा एउटा एउटा र बाँकी १४ एम्बुलेन्स पहाडी सात जिल्लाका स्वास्थ्य संस्थालाई वितरण गर्ने तयारी भएको बताए ।
सूचना अनुसार सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई एउटा÷एउटा एम्बुलेन्स दिइने छ भने दार्चुला, डोटी, बझाङ र अछाम जिल्ला अस्पताललाई पनि मन्त्रालयले एउटा एउटा एम्बुलेन्स दिने निर्णय गरेको छ । आइतबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेको मन्त्रीस्तरीय निर्णय अनुसार बाँकी १० वटा एम्बुलेन्स विभिन्न स्थानीय तह मातहत रहेका स्वास्थ्य चौकीहरूलाई वितरण गरिने छ ।
आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेटमा एम्बुलेन्स खरिद्का लागि छ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । मन्त्रालयले प्रति एम्बुलेन्स ४० लाख रुपैयाका दरले १६ वटा एम्बुलेन्स खरिद गर्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार