१० श्रावण २०८१, बिहीबार

कालंगा सुरुङमा चार मजदुरको मृत्यु



बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर १ मा निर्माणाधीन कालंगा जलविद्युत आयोजनाको सुरुङमा फसेर चार मजदुरको मृत्यु भएको छ ।


बझाङको बुङगल नगरपालिका–१ स्थित कालंगा जलविद्युतको सुरुङमा काम आइतबार दिउँसो छिरेका सात जना मध्ये चार जना बाहिर निस्किन सकेका थिएनन् । सुरङमा फसेका चार मध्ये सोमबार सशस्त्र प्रहरीले तीन जनाको शव बाहिर निकालेको छ ।
बझाङका प्रहरी प्रमुख (डिएसपी) गणेशबहादुर बमका अनुसार सुरुङमा दैलेखको गुरा“स गाउँपालिका वडा नम्बर ३ का कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामका तुर्माखाद गाउपालिका वडा नम्बर ६ का महेन्द्र साउद तथा बझाङ बुंगल नगरपालिका वडा नम्बर १ का शेरसिंह धामी फसेका थिए । उनीहरूको सुरुङभित्र निस्सासिएर मृत्यु भएको डिएसपी बमले बताए ।
चितवनको कुरिनटारबाट हेलिकोप्टरमा अक्सिजन सहित बझाङ पुगेको सशस्त्र प्रहरीको नौ सदस्यीय टोलीले सोमबार दिउसो शव बाहिर निकालेको थियो । प्रहरी नायव उपरीक्षक बमले सुरुङको १३ सय मिटरभित्र शव भेटिएको बताए ।
आइतबार दिउसो ३ बजेतिर सुरुङभित्र सात जना मध्ये तीन जना सास फेर्न गाह्रो भएपछि तत्कालै बाहिर निस्किएका थिए ।
तीन किलोमिटर लामो सुरुङमा दशैंतिहारपछि काम शुरु गर्न ट्रेक्टरमा सुरुङभित्र गएका थिए ।
बुंगल नगरपालिकाको तीन स्थानमा पांच वर्षदेखि कालंगा जलविद्युत आयोजना निर्माण भइरहेको छ । घटना भएको स्थान दहवगर क्षेत्रको मुहान स्थलको सुरुङ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार