४ जेष्ठ २०८१, शुक्रबार

नमुना भवन निर्माणका लागि राष्ट्रिय मावि छनौट



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा अपाङ्गता भएका विद्यार्थीका लागि नमुना भवन बन्ने भएको छ ।
निर्माण हुने विद्यालयको जग्गा छनौटबारे आईतबार छलफल भएको छ । छलफलमा शान्तिनगरमा नमुना विद्यालय भवन निर्माण गर्ने सहमति भएको जनाइएको छ ।
यो विद्यालय भवन मानसिक तथा मनोसामाजिक, बौद्धिक अपांगता र बहुअपांगता भएका विद्यार्थीहरूका लागि उपयुक्त हुने जनाइएको छ ।
विद्यालयले बनाएको गुरुयोजना स्थानीय तहबाट स्वीकृत भएपछि यो कार्यक्रम सुरु हुने छ  । छनोटमा परेका विद्यालयलाई सरकारले गत आर्थिक वर्ष एक करोड रुपैयाका दरले अनुदान दिएको थियो भने चालू आर्थिक वर्षमा पनि रकम विनियोजन गरिएको छ  ।
सरकारले सात वटै प्रदेशमा अपाङ्गता भएका विद्यार्थीहरूका लागि नमुना भवन निर्माण गर्ने जनाइएकोे छ  ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार